PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' भाइरसको नाम परिवर्तन गरि 'एमपक्स' राख्यो



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' भाइरसको नाम परिवर्तन गरि 'एमपक्स' राख्यो
Photo : CTV News

विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' को नाम परिवर्तन गरि 'एमपक्स' राख्ने निर्णय गरेको छ। विश्वभरका स्वास्थ्य विज्ञहरुसँगको छलफलपछि यो निर्णय गरेको हो।

यो वर्ष मंकिपक्स भाइरस फैलिएपछि केही समुदाय लक्षित विभेदकारी टिप्पणी भएको थियो। त्यसपछि यो भाइरसको नाम परिवर्तन गर्नुपर्ने माग उठेको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २३ जुलाईमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।  अमेरिका, युरोपहुँदै भारतमा समेत यो भाइरसको संक्रमित फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell