PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

परिजिता ‘द भ्वाइस’ को टप आठमा प्रवेश



पहिलोपोस्ट

परिजिता ‘द भ्वाइस’ को टप आठमा प्रवेश

गायन रियालिटी शो ‘द भ्वाइस’ को अमेरिकी संस्करणमा परिजिता बाँस्तोला टप आठमा छनोट भएकी छिन्। बुधबार बिहान प्रशारण भएको एपिसोडमा नेपाली मूलकी परिजिता सेमिफाइनलमा प्रवेश गरेकी हुन्।

परिजिताले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन्। कोचहरुले उनको गायकीको प्रशंसा समेत गरेका थिए।

सेमिफाइनल प्रवेश गरेपछि परिजिताले फेसबुकमा एक भिडियो राख्दै सबैलाई धन्यवाद भनेकी छिन्। आगामी प्रतिस्पर्धा निकै कठिन भएता पनि आफू उत्साहित रहेको बताएकी छिन् उनले।

१७ वर्षिया परिजिताको अहिले विश्वभरि नै चर्चा छ। निक जोनस र प्रियंका चोपडा लगायत नेपाली सेलिब्रेटीहरुले पनि उनलाई जिताउन आग्रह गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell