PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

बलिउड र तलेगु जोडीको मिलनबारे गसिप, प्रभाससँग प्रेमबारे कृति भन्छिन् : कुनै सत्यता छैन



पहिलोपोस्ट

बलिउड र तलेगु जोडीको मिलनबारे गसिप, प्रभाससँग प्रेमबारे कृति भन्छिन् : कुनै सत्यता छैन

दक्षिण भारतीय अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेननबिच प्रेमसम्बन्ध रहेको खबर यतिखेर चर्चामा छ। प्रेमसम्बन्धमा रहेको देखि बिहे गर्न लागेको खबरहरु भारतीय संचारमाध्ममा हेडलाइन बने।

तर, अफेयरको हल्लाबिच कृतिले आफ्नो मौनता तोडेकी छिन्। उनले सामाजिक सञ्जालबाट सार्वजनिक समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेकी छिन्।

‘न त यो प्यार हो न त पि आर। हाम्रो भेडिया (वरुण धवन) शोमा केही धेरै नै वाइल्ड भएका थिए। उनको रमाइलो कुराकानीपछि विभिन्न किसिमका हल्लाहरु फैलिएका छन्। केही पोर्टलहरूले मेरो विवाहको मिति घोषणा गर्नु अघि मलाई तपाईंको गलत धारणाहरू हटाउन दिनुहोस्। यी अफवाहहरू पूर्णतया गलत हुन्। यसमा कुनै सत्यता छैन,’ उनले लेखेकी छिन्।

केहीदिन अगाडि वरुण धवन र कृति टेलिभिजन रियालिटी शो ‘झलक दिखला जा’ मा ‘भेडिया’ को प्रमोशन गर्न पुगेका थिए। जहाँ शोका जज करण जोहरले वरुणलाई बलिउडका सिङ्गल नायिकाको नाम भन्न लगाए। उनले भनेका नामहरूमा कृतिको नाम नै आएन।

अनि करणले सोधे, ‘कृतिको नाम चाहिँ किन आएन?’

वरुणले जवाफ दिए, ‘किनकी कृतिको नाम अरू कसैको मनमा छ। एक जना छ जो यतिबेला मुम्बईमा छैन। ऊ यतिबेला दीपिका पादुकोणसँग शुटिङमा छ।’

उनले दिएको जवाफबाट पत्ता लागिहाल्यो कि प्रभासको कुरा गरिरहेका छन् भनेर। किनकि प्रभास नै दीपिकासँग शुटिङमा छन्।  त्यसपछि नै कृति र प्रभासको प्रेमसम्बन्धको हल्ला फैलिएको हो। तर, प्रभासले भने हालसम्म अफेयरबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

कृति र प्रभासको मुख्य भूमिका रहेको फिल्म आदिपुरुष आगामी १६ जुन सन् २०२३ मा रिलिज हुँदैछ।‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell