PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समानुपातिकको गणना अन्तिमतिरः एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत, कसको कति मत?



पहिलोपोस्ट

समानुपातिकको गणना अन्तिमतिरः एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत, कसको कति मत?

काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ३९ हजार ७२१ मतगणना भएको छ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको अनुमान छ। प्रत्यक्षतर्फ करिब पाँच प्रतिशत मत बदर भएको आलकनका आधारमा समानुपातिकमा पनि सोही हाराहारीमा मत बदरको अनुमान निर्वाचन आयोगको छ। यसर्थमा गणना अन्तिमतिर छ। निर्वाचन हुन बाँकी दोलखा र गणना बाँकी स्याङ्जा र बाजुरामा छन्। 

आयोगको पछिल्लो अपडेटअनुसार अहिलेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म उक्त दलले २७ लाख १३ हजार ८२५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ७७ हजार ३९० मतसहित दोस्रो स्थानमा रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ५० हजार ६६३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १ हजार १६२ छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७५ हजार १३, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९२१ र जनमत पार्टीले तीन लाख ७६ हजार १५९ मत प्राप्त गरेका छन्।

यसैगरी एकीकृत समाजवादीले २ लाख ८९ हजार ४८८ मत पाएको छ। एकीकृत समाजवादीले कुल गणना गरेको मतमा अहिलेसम्म २.८५ प्रतिशत मत पाएको छ। कुल खसेको मतमा भने एकीकृत समाजवादीले पाएको मतको २.६३ प्रतिशत पुग्छ। राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशतको थ्रेस होल्ड कटाउनैपर्ने हुन्छ। यसका लागि एकीकृत समाजवादी संघर्षरत रहेको दिन्छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ। दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell