PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सत्ता गठबन्धनमा सहभागी हुन सिके राउत तयार! बिमलेन्द्र निधिसँगको भेटमा अरु के भयो कुराकानी? 



पहिलोपोस्ट

सत्ता गठबन्धनमा सहभागी हुन सिके राउत तयार! बिमलेन्द्र निधिसँगको भेटमा अरु के भयो कुराकानी? 

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ।
हालै सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो।

निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएको निधिको सचिवालयले जनाएको छ। बुधबार दिउँसो भएको एक घण्टा लामो भेटमा निधि र राउतबीच समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो। 'भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भयो,' निधिको सचिवालयले भन्यो। निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताएका थिए। आफू शान्ति र लोकतन्त्रमा बिश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार भेटमा राउतले बताए। 

भेटमा निधिले राउतलाई  सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै राउत निर्वाचित भएका हुन्। 
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell