PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

साउदीविरुद्ध जित निकालेको मेक्सिको गोलअन्तरको आधारमा प्रतियोगिताबाट बाहिरियो



पहिलोपोस्ट

साउदीविरुद्ध जित निकालेको मेक्सिको गोलअन्तरको आधारमा प्रतियोगिताबाट बाहिरियो
Photo: USA Today

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हरायो। गएराति दोहामा भएको रोमाञ्चक खेलमा जित निकालेपनि गोल अन्तरमा पछाडि परेपछि मेक्सिको विश्वकपबाट बाहिरियो।

स्टेडियम ९७४ मा भएको समूह ‘सी’को अर्को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले हराउँदा लुसेल स्टेडियममा ९४औँ मिनेटमा मेक्सिको पनि सो स्कोर लाइनमा थियो। जेरार्डो मार्टिनोको टोलीलाई फिफाको फेयर प्ले नियम अनुसार बाहिरिनबाट रोक्न थप एक गोल आवश्यक थियो।

तर, साउदी अरेबियाका लागि सलेम अल दवासरीको इन्जुरी टाइमको सान्त्वना गोलले मेक्सिकनहरूलाई घर फर्किन बाध्य बनायो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै मेक्सिकोले गोल गरेको थियो। ४७औँ मिनेटमा हेन्री मार्टिनको गोलमार्फत मेक्सिकोले अग्रता लिएको हो।

त्यस्तै, ५२औँ मिनेटमा चाभेजले गोल गरेपछि मेक्सिकोले २-० को अग्रता बनाएको छ। थप गोलको लागि उसले निकै प्रयास गर्‍यो। पटक-पटक अवसर बनाएपनि फिनिसिङमा चुकिरहेको थियो।

अन्ततः साउदी अरेबियाका लागि सलेम अल दवासरीको इन्जुरी टाइममा सान्त्वना गोल गर्दा मेक्सिको अंक तालिकामा पोल्याण्डभन्दा पछि पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell