PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता कायमै



पहिलोपोस्ट

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता कायमै

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की पद्माकुमारी अर्यालको अग्रता कायमै रहेको छ। अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङलाई ११ मतले पछि पारेकी छन्।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म छ हजार आठ सय २६ मत गणना हुँदा एमाले उम्मेदवार अर्यालले दुई हजार नौ सय २० मत तथा कांग्रेसका गुरुङले दुई हजार नौ सय नौ मत प्राप्त गरेका छन्। हालसम्म अर्यालले गल्याङ नगरपालिका-६ बाट पाँच सय ७२, वडा नम्बर ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका-५ बाट चार सय २३, वडा नम्बर ६ बाट तीन सय ४४ र वडा नम्बर ७ बाट दुई सय ७२ मत प्राप्त गरेकी छन्।

यस्तै, कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका-६ बाट चार सय ३८ र वडा नम्बर ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका-५ बाट आठ सय २३, वडा नम्बर ६ बाट पाँच सय एक र वडा नम्बर ७ बाट सात सय पाँच मत पाएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङ पाँच सय ८९ मतसहित तेस्रो स्थानमा छन्।

स्याङ्जा २ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६ र ७ को मतगणना सकिएको छ। यहाँ कूल छ हजार ८२६ मत खसेको थियो। यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो।

यसैगरी, क्षेत्र नम्बर २ (१) मा छ हजार ८२१ मतगणना हुँदा एमालेका मोहन रेग्मीले तीन हजार एक सय दुई मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। कांग्रेस उम्मेदवार भोजराज अर्यालले तीन हजार ९१ मत प्राप्त गरेका छन्। निर्वाचन सम्पन्न भएको दश दिनपछि स्याङ्जा २ मा मतगणना सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell