PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

निटफेस्टको सातौं दिन : इटालीको मजदुरको कथा ‘मेड इन इल्भा’ मञ्चन हुने



पहिलोपोस्ट

निटफेस्टको सातौं दिन : इटालीको मजदुरको कथा ‘मेड इन इल्भा’ मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सातौं दिनमा आइपुगेको छ। महोत्सवमा आज इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन हुनेछ।

यस नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ। उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकमार्फत भनिनेछ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ।

त्यस्तै, ‘थिएटर शिक्षा : अवसर र चुनौती’ विषयमा प्यानल डिसकसन हुनेछ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबिच अन्तरक्रिया हुनेछ।

साथै, कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चान हुँदैछ। मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell