PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

विश्वभर एकसाथ रिलिज हुने आर्यनको फिल्म ‘सायरा’को छायाङ्कन सन् २०२३ मा



पहिलोपोस्ट

विश्वभर एकसाथ रिलिज हुने आर्यनको फिल्म ‘सायरा’को छायाङ्कन सन् २०२३ मा

काठमाडौं : नेपाली फिल्म ‘सायरा’को विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ। यस फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’बारे सम्झौता गरेका छन्।

पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए।

‘नेपाली फिल्मको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन। यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ। नेपाली-इण्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ,’ चौधरीले बताए।

भारतीय निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय छ। साथै, फिल्ममा भारतीय अभिनेता धानिष सोनी अनुबन्धित भएका छन्। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ।

नेपाली ब्यानर डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानीमा बन्नेछ। फिल्मको ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायाङ्कन हुँदैछ। सोसल ड्रामा र लभ स्टोरीमा तयार फिल्मको कथा परियारले नै तयार पारेका हुन्।

फिल्मको छायाङ्कन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ। आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपछि उनी यसमा फिल्मको छायाङ्कनमा व्यस्त हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell