PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

पेस्तोलसहित दुई जना समातिए



पहिलोपोस्ट

पेस्तोलसहित दुई जना समातिए

काठमाडौं : सिरहामा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

सिरहा गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्। इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell