
काठमाडौं : बिहीवार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९८ हजार एकसय रुपैयाँ निर्धारण भएको छ।
बुधवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीवार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम छ। बुधवार चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा बिहीवार सुनको प्रतिऔंस १७७९.७९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.३२ डलर छ। बुधवार सुन प्रतिऔंस १७५४ डलर र चाँदी प्रतिऔंस २१.२५ डलर थियो ।