PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित



रासस

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

काठमाडौं : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ।

हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति छन्।

जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा १ बाट राजेन्द्रकुमार राई, पाँचथर १ बाट वसन्त कुमार नेम्वाङ, सोलुखुम्बु १ मा मानवीर राई, खोटाङ १ मा रामकुमार राई, इलाम २ बाट सुवास नेम्वाङ, झापा ४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन्। साथै, एमालेका तर्फबाट सिराह ३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ ९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ बाट प्रेमबहादुर महर्जन, कास्की १ बाट मनबहादुर गुरुङ, लमजुङ १ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर १ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्यमा आदिवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम १ मा सीता गुरुङ, मोरङ १ मा डिगबहादुर लिम्बू, रामेछाप १ मा पूर्णबहादुर तामाङ, मनाङ १ मा टेकबहादुर गुरुङ र मुस्ताङ १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र)का बाट भोजपुर १ मा सुदन किराँती, काभ्रेपलाञ्चोक १ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट १ मा हितबहादुर तामाङ, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन्।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट डोटी १ मा प्रेमबहादुर आले, डोल्पा १ मा धनबहादुर बुढा, बारा ४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा १ मा धनबहादुर बुढा, दैलेख १ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा १ मा राजेन्द्र प्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी १ मा अशोक कुमार राई निर्वाचिन भएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell