PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बाजुरामा मतगणना गर्ने सहमति, आजबाट नै गणना सुरु हुने



पहिलोपोस्ट

बाजुरामा मतगणना गर्ने सहमति, आजबाट नै गणना सुरु हुने

कैलाली : बाजुरामा मतगणना गर्ने सहमति भएको छ। मङ्सिर ४ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताको झडपपछि बाजुरामा मतदान बिथोलिएको थियो।

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा मङ्सिर १० गते पुनः मतदान गरिए पनि मङ्सिर ४ मा दुई विद्यार्थी नेताको ज्यान जाने गरी भएको घटना विवादले यहाँ मतगणना सुरु हुन सकेको थिएन।

केही बेरअघि उक्त विषयमा सहमति भएर मतगणना अघि बढाउने निर्णय भएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए। यस अघि दुई वटा सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदा मतगणना हुन सकेको थिएन। अहिले मतगणना गर्ने सहमति भएको र साढे ३ बजेबाट मतगणना थालिने अवस्थीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell