PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, पसल बन्द गरेरै उत्रिए सडकमा

पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, पसल बन्द गरेरै उत्रिए सडकमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बागबजारका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यापारीहरु आन्दोलित बनेका हुन्।

पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। सोही विषयमा व्यवसायीहरु बिहीवार दिउँसो १ बजेदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको छ। यसअघि सो क्षेत्रको सडकमा पार्किङ गरिएका सवारीलाई महानगरले नियन्त्रणमा लिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell