PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

नेत्र तामाङ/पहिलोपोस्ट


तेम्बाथान : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी मुहान तेम्बाथान आइपुगेका छन्। काठमाडौं १ बाट निर्वाचित भएपछि सिंह बिहीवार बिहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको खानेपानी मुहानमा आइपुगेका हुन्।

मुहान निरीक्षणका क्रममा उनलाई खानेपानी आयोजनाका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले खानेपानी आयोजनाबारे ब्रिफिङ गरेका थिए। भ्रमणमा काठमाडौं १ को ‘क’बाट निर्वाचित प्रदेश सभा सदस्य एवं वाग्मती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, काठमाडौं १ ‘ख’का प्रदेशसभा सदस्य सुरेशचन्द्र लामिछानेलगायत सहभागी थिए।

नेता सिंहको टोलीलाई मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरेका थिए। भ्रमणका क्रममा नेता सिंहले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि आफूले केन्द्रस्तरमा पहल गर्ने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell