PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने



पहिलोपोस्ट

काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने
फोटो : एलओडी/फेसबुक

काठमाडौं : काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रिकालिन व्यवसायको समय तोकिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै समय तोकेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। त्यस्तै, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ।

‘पहिले पनि यही समयमा सञ्चालन गर्न दिएको थियो अहिले लिपिबद्द मात्र गरिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बहादुर बोहराले भने।

गत भदौमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको थियो। रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने भएका थिए। गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा चौविसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको थियो।

त्यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell