PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान



पहिलोपोस्ट

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

धनगढी : विभेदको सामना गरेका व्यक्तिमाथि लैंगिक हिंसा अझ बढी हुने गरेको तथ्य सहित यसविरुद्ध १६ दिने अभियान संचालन भएको छ। सन् १९९१ बाट सुरु भएको यसखाले अभियानलाई नेपालमा सयुक्त राष्ट्रसंघ आवासीय समूहको प्रयासमा सचेतना अभिवृद्धिको उद्देश्य सहित संचालन गरिएको हो।

समूहका अनुसार नेपालमा यसखाले हिंसाबाट प्रत्येक चारमध्ये एक जना महिला तथा बालिका प्रभावित हुने गरेको तथ्याङ्क छ। यद्यपि, शारीरिक वा यौनजन्य हिंसामा परका मध्ये एक तिहाईले मात्र सहयागको खोजी गर्दै आएका छन्। त्यसैले लैङ्गिक हिंसाको अवस्था धेरै नै रहेको आँकलन गर्न सकिन्छ।

नेपाल स्थित संयुक्त राष्ट्रसङ्घले, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उप–महानगरपालिक लगायतसँगको सहकार्यमा यसखाले कार्यक्रम आयोजना गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell