PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने



पहिलोपोस्ट

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

काठमाडौंः बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ। वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो। 

बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। 

बिहीबार वैत्यश्वर माध्यमिक विद्यालय केन्द्रका क, ख र ग जनज्योति मध्यमिक विद्यालय केन्द्रका क र ख मा पुनः मतदान भएको थियो। यस्तै, वैत्यश्वरकै कालिढुङ्गा माध्यमिक विद्यालय केन्द्रका क, ख र ग’मा पनि पुनः मतदान भएको थियो। तामाकोशी गाउँपालिका ३ जफेको हेल्थपोस्ट केन्द्रको क र ख’मा पनि बिहीबार पुनः मतदान भएको थियो। 

बिहीबार भएको मतदानमा यसअघिको भन्दा कम मत खसेको छ। करिब ५० प्रतिशत मत खसेको निर्वाचन कार्यालयको अनुमान छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell