PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नवलपरासी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो



रासस

नवलपरासी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

मध्यविन्दुः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका -५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे।

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन। घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ। सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ। साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो।

घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ। घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका-५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell