PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा



पहिलोपोस्ट

मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा
Photo: Getty Images

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्यानडालाई हराएको मोरोक्को समूह ‘एफ’को विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो

मोरोक्को यसअघि सन् १९८६ मा मात्रै अन्तिम १६ मा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियालाई उछिन्दै मोरोक्को समूह विजेता बनेकोहो।

मोरोक्कोले चौथो मिनेटमै खेलमा अग्रता लिएको थियो। क्यानडाका गोलकिपर मिलान बोर्यानको गल्तिलाई हाकिम जियेकले गोलमा परिणत गरेका थिए।

२३औँ मिनेटमा युसेफ एन-नेसिरीले गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर पारे। ४०औँ मिनेटमा नायेफ अगुएर्डले क्यानडाका लागि गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि मोरोक्कोले अन्ततः २-१ को विजय हासिल गर्‍यो।

विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम समूहमा तेस्रो स्थानमा रहेर बाहिरिएको छ। मंगलवार २०१० को च्याम्पियन स्पेनसँग मोरोक्को कठिन परीक्षा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell