PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल



पहिलोपोस्ट

जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल

अल बेयत स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ

जर्मनीलाई अन्तिम १६ मा पुग्न जित अनिवार्य थियो। जर्मनीले कोस्टारिकालाई ४-२ ले त हरायो तर अर्को खेलमा स्पेनविरुद्ध जापानले ‘विवादास्पद’ जित निकाले पछि गोल अन्तरको आधारमा जर्मनी बाहिरिन पर्‍यो।

चार पटक विश्व विजेता बनिसकेको जर्मनी समूह ‘ई’मा तेस्रो बन्दै प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘ई’को अर्को खेलमा जापानको विजयी गोल सुरुमा रेफ्रीले खारेज गरेका थिए। बल मैदान बाहिर गएको भन्दै उक्त गोल खारेज गरिएको भएपनि भीएआरले सो निर्णयलाई उल्ट्याइदियो।

सर्ज गनाब्रीको १०औँ मिनेटको गोलमार्फत जर्मनी खेलमा पूर्ण नियन्त्रणमा थियो। ५८औँ मिनेटमा केन्डल वास्टनको हेडरलाई जर्मनीका गोलरक्षक म्यानुअल न्युएरले बचाएपनि रिबाउन्ड भएको बललाई येल्तसिन टेजेडाले जाली चुमाउँदै खेल बराबरीमा पुर्‍याए। त्यसको १२ मिनेटपछि न्युएरले आत्मघाति गोल गर्न पुगे।

यही अवस्था कायम रहेको भए विश्वलाई चकित पार्दै कोस्टारिका अर्को चरणमा पुग्ने थियो। तर, सब्स्टिच्युटको रुपमा आएका काई हाभर्ट्जले ७३औँ र ८५औँ मिनेटमा दुई क्लिनिकल फिनिसिङ गरेपछि कोस्टारिकालाई ठूलो झट्का लाग्यो।

अर्का सब्स्टिच्युट निक्लास फुलक्रगले अन्तिम मिनेटमा चौथो गोल थपेर जित सुनिश्चित गरे। तर, जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल हुँदा यो कुनै सान्त्वनाको विषय हुनेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell