PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

स्पेनलाई हराउँदै जापान बन्यो समूह ‘ई’को विजेता, दुवै टिम अन्तिम १६ मा



पहिलोपोस्ट

स्पेनलाई हराउँदै जापान बन्यो समूह ‘ई’को विजेता, दुवै टिम अन्तिम १६ मा
Photo: Petr David Josek/AP

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई २-१ गोलले हराएको जापान समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। जापानसँगै स्पेन पनि समूह ‘ई’को उपविजेता बन्दै अर्को चरणमा पुगेको छ।

खेलको ११औँ मिनेटमै अल्वारो मोराटाको गोलमार्फत स्पेनले सुरुवाति अग्रता लिएको थियो। पहिलो हाफमा स्पेन १-० ले अघि रहेपनि जापान दोस्रो हाफमा दुई गोल गर्‍यो।

४८औँ मिनेटमा सब्स्टिच्युट रित्सु डोआनले खेललाई बराबरीमा ल्याए। त्यसको केवल १४२ सेकेन्डपछि मितोमोले डोआनको लो क्रसलाई नाटकीय परिस्थितिमा टनाकालाई पास गरे, उनले त्यसलाई गोलमा परिणत गरे।

डोआनको क्रस मैदानबाट बाहिर गएको सहायक रेफ्रीको सङ्केतपछि उक्त गोल सुरुमा खारेज गरिएको थियो। तर, भीएआरले सो निर्णयलाई उल्ट्याइदियो र गोल कायम भयो।

समूह ‘ई’का चारै टोलीले अर्को चरणमा पुग्ने मौकाका साथ खेल सुरु गरेका थिए। जसमा जापान र स्पेन अर्को चरणमा पुगेका छन् भने जर्मनी र कोस्टारिका बाहिरिएका छन्।

अन्तिम १६ मा जापानले क्रोएसिया र स्पेनले मोरोक्कोसँग खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell