PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका



पहिलोपोस्ट

फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ। कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो।

थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई समेटेको छ।

आर बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन्। बी आर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा रिस्ताका साथै सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय छ।

साथै, यस फिल्मको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने समेत बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell