PahiloPost

Jun 16, 2026 | २ असार २०८३

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत



रासस

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीवार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ। घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन्।

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell