PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै



पहिलोपोस्ट

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन्।

केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याइन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन्। कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नम्बर २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ र ७, भिरकोट नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ। वडा नम्बर १४ को मत गणना जारी छ।

त्यसैगरी, स्याङ्जा क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार छ सय ५२ मतले पछाडि पारेका छन्। अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell