PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

स्याङ्जा २ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी



रासस

स्याङ्जा २ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन्। विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरेका छन्।

स्याङ्जा २ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर गरी १९ वडा पर्छन्। विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell