PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो



पहिलोपोस्ट

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो। मृतक राईको ठेगाना भने खुलेको छैन। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी बिहीवार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell