PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने



पहिलोपोस्ट

निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज आठौं दिन। आज महोत्सवमा भारत र अर्जेन्टिनाका नाटक मञ्चन हुनेछन्।

राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुनेछ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ। कथा अगाडि बढ्दै जाँदा उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन्। 

त्यसैगरि, साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ। यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ।

दिउँसो १ बजे किन चाहिन्छ रङ्गमञ्चको समीक्षा? विषयमा प्यानल डिसकसन हुनेछ। रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया हुनेछ।

शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ मञ्चन गर्नेछन्। यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन्। दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन्। साँझ ७: ३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell