PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चक्रपथ विस्तारको दोस्रो चरण : कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम



पहिलोपोस्ट

चक्रपथ विस्तारको दोस्रो चरण : कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम

काठमाडौं : चक्रपथको दोस्रो चरण निर्माण प्रक्रिया अगाडि बढेको छ। चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म अस्थायी संरचना भत्काउन शुक्रबार एक सूचना जारी गरेको छ।

आयोजनाका अनुसार सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ।

तोकिएको समयभित्र संरचना नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने र भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने जनाएको छ। सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो।

चीन सरकारको अनुदान सहयोगमा सो सडक विस्तार हुन लागेको हो। सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर चिनिया टोलीले कहिलेदेखि सडक विस्तारको काम सुरु हुन्छ भनेर निश्चित समय भने नतोकिएको आयोजनाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell