PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

बाजुरामा मतगणना : कांग्रेसका बद्रीप्रसादको अग्रता कायमै



पहिलोपोस्ट

बाजुरामा मतगणना : कांग्रेसका बद्रीप्रसादको अग्रता कायमै

काठमाडौं : बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६० हजार १५२ जनाले मतदान गरेका थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले ९६२ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले दुई हजार ३८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार ४५५ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell