PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बाजुरामा मुचुल्का गरेको भन्दा ४० मत बढी पाइयो, मतगणना अनिश्चित



पहिलोपोस्ट

बाजुरामा मुचुल्का गरेको भन्दा ४० मत बढी पाइयो, मतगणना अनिश्चित

कैलाली : बाजुरामा मतगणना रोकिएको छ। जिल्लाको हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो।

प्रतिनिधिसभा तर्फको मतगणनाका क्रममा उक्त मतदान केन्द्रमा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको छ। जसकारण विवाद सिर्जना भएको छ र मतगणना अनिश्चित बनेको छ।

नेकपा एमाले बाजुराले विवादको निकास निर्वाचन आयोगले दिनुपर्ने अन्यथा मतगणना अघि बढ्न नसक्ने जनाएको छ। एमालेबाट प्रतिनिधिसभा तर्फका उम्मेदवार कर्ण थापाले भने, ‘खसेभन्दा बढी मत पेटीमा भेटिएपछि धाँधली भएको स्पष्ट भएको छ। अब हामीले निर्वाचन आयोग र त्यसमा खटिएका कर्मचारीले त्यसको जवाफ नदिएसम्म यसमा असहमति जनाउने छौं।’

यस्तो विवाद जिल्लाका अन्य मतदान केन्द्रमा समेत भएको उनको दाबी छ। अहिलेसम्म सम्पन्न भएको मतगणना अनुसार त्यहाँ थापा नेपाली काँग्रेसका बद्री पाण्डे भन्दा करिब १ हजार मतले पछि छन्। पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी  थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६० हजार १५२ जनाले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell