PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

रोहितले घोषणा गरे 'सिंघम अगेन'



पहिलोपोस्ट

रोहितले घोषणा गरे 'सिंघम अगेन'

अजय देवगन अभिनित ‘दृश्यम २’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ‘दृश्यम २’ को सफलतापछि अब अजय सिंघमको तेस्रो सिरिजमा देखिने भएका छन्।

रोहित शेट्टीले ‘सिंघम अगेन’ बन्ने घोषणा गरेका छन्। फिल्मको घोषणासँगै अजय देवगन फेरि 'टफ कप' सिंघमको अवतारमा देखिने भएका छन्।

रोहित शेट्टीले नै सिंघम र सिंघम रिटर्न्सको निर्देशन गरेका थिए।

अजयले दक्षिण भारतीय फिल्म ‘कैथी’ को हिन्दी रिमेक ‘भोला’को छायाङ्कन सकिएपछि मात्रै सिंघम अगेनको सुटिङ सुरु हुनेछ।

‘सिंघम’ सन् २०११ मा रिलिज भएको थियो। यो फिल्म सन् २०१० मा आएको तमिल फिल्म ‘सिंघम’ को हिन्दी रिमेक थियो। यस फिल्ममा अजयको अपोजिटमा काजल अग्रवाल देखिएकी थिइन्। फिल्म बक्स अफिसमा सफल भयो।

त्यसपछि सन् २०१४ मा सिंघम रिटर्न्स रिलिज भएको थियो। फिल्ममा अजयको अपोजिटमा करिना कपुर देखिएकी थिइन्। अब सिंघम अगेनमा अजयको जोडी रुपमा कुन अभिनेत्रीलाई राखिनेछ भन्न प्रश्न नेटिजन्सहरुले सोध्न थालेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell