
काठमाडौंः धनुषाको मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भई भएको झै-झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ। साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।