PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell