PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

दोलखामा माओवादी केन्द्रका गंगाको अग्रता कायमै, प्रदेशसभातर्फ को अघि?



पहिलोपोस्ट

दोलखामा माओवादी केन्द्रका गंगाको अग्रता कायमै, प्रदेशसभातर्फ को अघि?

काठमाडौं : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्।

हालसम्म पाँच हजार ९७० मतगणना हुँदा उनले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

जिल्लाको प्रदेशसभा (क) मा चार हजार ७३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार ५२५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ६१६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (ख) मा चार हजार ४९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन्।

जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी केन्द्रमा मंसिर ४ गते मतदान भएको थियो। जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए। यहाँ कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell