PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर



पहिलोपोस्ट

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर
Photo : AFP via Getty Images

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रुपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो।

गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस शहर यो सूचीको अन्तिममा रहेको छ।  

१७३ शहरमा अमेरिकी डलरलाई आधार बनाएर हरेक वर्ष यो सर्भे हुनेगर्छ। यसपटक विश्वका ठूला शहरहरुमा अधिकतम 'कस्ट अफ लिभिङ' ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

विश्वका १० महंगा शहर

न्यूयोर्क र सिंगापुर

तेल अभिभ

हङकङ

लस एन्जेलस

जुरिच

जेनेभा

सान फ्रान्सिसको

पेरिस

सिड्नी

कोपेन्हेगन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell