PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता



पहिलोपोस्ट

सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता

काठमाडौं : काठमाडौं महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै थापाथलीका सुकुमबासीहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।

केहीदिन अघि महानगर प्रहरी सुकुम्बासी बस्ती प्रवेश गर्न खोजेपछि झडप भएको थियो। त्यसयता सुकुम्बासीहरुले महानगरविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

आज पनि आफूहरुमाथि राज्यको दमन र आतंक भएको भन्दै सुकुम्वासी संयुक्त संघर्षले विरोध प्रदर्शन गरेको छ। थापाथलीमा भइरहेको प्रदर्शनमा नेकपा. (क्रान्तिकारी माओवादी) सम्बद्ध जन वर्गीय संगठन र मोर्चाहरुले पनि ऐक्यवद्धता जनाएका थिए। 

सुकुम्बासी बस्तीमा आयोजित सभामा मोर्चामा आबद्ध व्यक्तिहरुले व्यवस्थापन गर्नुको सट्टा राज्य सुकुम्बासीलाई विस्थापित गर्न तर्फ अग्रसर भइरहेको आरोप लगाएका थिए। उनीहरुले सरकारले जबरजस्ती गरे प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell