PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ



पहिलोपोस्ट

धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

कैलाली : धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ।

त्यसक्रममा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ जना विद्यार्थी र अन्य त्यहाँका स्थानीय रहेका छन्। 

हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले कुल्चिँदा मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि आज बिहानैबाट विद्यार्थीले विद्यालय पोसाकमै प्रदर्शन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell