PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने



पहिलोपोस्ट

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

कैलालीः धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीय  चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ।

भोलि बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पञ्चोदय मावि धनगढीमा अध्ययनरत छात्रा साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको थियो।

उनको मृत्युपछि न्याय माग्दै स्थानीय र विद्यार्थीले आन्दोलन गरेपछि बिहीबार साँझ ७ देखि लागू हुनेगरी स्थानीय प्रशासनले घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो।

निषेधाज्ञाकाबीच पनि शुक्रबार बिहानैदेखि स्थानीय र विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell