PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण, तीन जना स्रष्टा र समाजसेवीलाई प्रदान



पहिलोपोस्ट

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण, तीन जना स्रष्टा र समाजसेवीलाई प्रदान

काठमाडौंः कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार  शुक्रबार वितरण गरएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण शुक्रबार वितरण गरिएको हो। तीन जना स्रष्टा र समाजसेवीलाई पुरस्कार हस्तान्तरण गरिएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  २०७७, २०७८ र २०७९ सालको पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइएको छ। 

पुरस्कार सम्मानपत्रसहित ५१ हजार रुपैयाँ राशी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell