PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?



पहिलोपोस्ट

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

कैलालीः बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन्। १४ हजार ३९८ मतगणना सम्पन्न हुँदा पाण्डेले ८ हजार ९५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले ६ हजार १९५ मतसहित पछ्याइरहेका छन्। 

यस्तै, प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले अग्रता कायमै राखेका छन्। शाहीले ५ हजार २९० मत पाएका छन्। उनलाई एमालेका बलदेव रेग्मीले ४ हजार २४६ मतसहित पछ्याइरहेका छन्। 

यस्तै, प्रदेश सभाको १(२) मा एमालेका लालबहादुर थापाको झिनो अग्रता कायमै छ। थापाले ५ हजार ८८८ मत पाएका छन्। कांग्रेसका पदमबहादुर शाहीले ५ हजार १९३ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell