PahiloPost

Sep 16, 2024 | ३१ भदौ २०८१

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो



पहिलोपोस्ट

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो
Photo: Getty Images

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ।

पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो। अग्रता बचाउन नसक्दा उसले हार व्यहोर्नुपर्‍यो।

२७औँ मिनेटमा कोरियाका किम योङवोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। कोरियाको जितमा ह्वाङ हीचनको दोस्रो हाफको अतिरिक्त समयको गोल निर्णायक बन्यो।

यता, समूह ‘एच’कै अर्को खेलमा उरुग्वेले घानालाई २-० ले हराएपनि तेस्रो स्थानमा आयो। कोरिया र उरुग्वेको गोल अन्तर शून्य भएपनि प्रतियोगितामा धेरै गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो। कोरियाले हालसम्म ४ गोल गरेको छ भने उरुग्वेले २ गोल मात्रै गरेको छ।

कोरिया र उरुग्वे दुवै टोलीले समूह चरणका तीन खेलमध्ये एक जित, एक हार र एक बराबरी खेलेका थिए। दुवै टोलीले ४ अंक बनाएका छन्।

उरुग्वेको लागि दुवै गोल जोरजियन डे अरास्काइताले गरेका हुन्। २६औँ र ३२औँ मिनेटमा भएको गोलमा लुइस सुवारेजको महत्वपूर्ण भूमिका थियो।

अन्तिम १६ मा पोर्चुगलले स्वीजरल्यान्ड र कोरियाले ब्राजिलसँग भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell