PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

समूह ‘जी’बाट ब्राजिल र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश



पहिलोपोस्ट

समूह ‘जी’बाट ब्राजिल र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा सर्बियालाई हराएको स्वीजरल्यान्ड समूह ‘जी’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगितामा जितविहीन बनेको सर्बिया बाहिरिएको छ।

सर्बियाविरुद्ध स्वीजरल्यान्डले ३-२ गोलको जित निकालेको हो। खेलको पहिलो हाफमै चार गोल भएको थियो।

खेलको २०औँ मिनेटमा जेर्दन सकिरीले गर्दै स्वीजरल्यान्डलाई अग्रता दिलाए। त्यसको छ मिनेटमै सर्बियाले गोल फर्कायो। सर्बियाका अलेक्जान्डर मिट्रोभिकले खेललाई बराबरीमा ल्याए।

३५औँ मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए। ४४औँ मिनेटमा ब्रील एम्बोलोको गोलमार्फत स्वीजरल्यान्ड खेलमा फर्कियो। ४८औँ मिनेटमा रेमो फ्रेउलरको गोल स्वीजरल्यान्डको जितमा निर्णायक बन्यो।

यता, समूह ‘जी’कै अर्को खेलमा भने ब्राजिल क्यामरुनसँग पराजित भयो। क्यामरुनले ब्राजिललाई १-० गोलले हराएपनि प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको अतिरिक्त समयमा भिन्सन्ट अबुबाकरको गोल नै निर्णायक सावित भयो। गोल गरेलगत्तै अबुबाकरले जर्सी खोलेका कारण दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

समूह चरणको पहिलो दुई खेलमा जित निकालेको ब्राजिल समूह ‘जी’को विजेता बनेको छ। उसको अंक छ। दुई खेलमै जित निकालेको स्वीजरल्यान्ड गोल अन्तरको आधारमा उपविजेता बन्दै अर्को चरण प्रवेश गर्‍यो। तीन खेलमध्ये एक जित, एक हार र एक बराबरीसहित ४ अंक बटुलेको क्यामरुन तेस्रो स्थानमा आयो।

अन्तिम १६ मा ब्राजिलले दक्षिण कोरिया र स्वीजरल्यान्डले पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell