PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ



रासस

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
फाइल फोटो।

जनकपुरधाम : छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका-४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ।

गत बुधवार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। सोही घटनामा अन्य तीन जना घाईते भएका छन्।

सो घटनामा संलग्न रहेको अभियोगमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell