PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दोलखामा मतगणना जारी : संघमा कार्की, प्रदेशमा कुन्दन र बर्माको अग्रता



पहिलोपोस्ट

दोलखामा मतगणना जारी : संघमा कार्की, प्रदेशमा कुन्दन र बर्माको अग्रता

काठमाडौं : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ।

हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेशसभा (१) मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार ३६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार ९०१ मत पाएका छन्।

प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार ४७२ र एमालेका भरत केसीले नौ हजार ८०३ मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell