PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विश्वकप फुटबल : नकआउट चरणको खेल आजबाट, क्वाटर फाइनलमा अमेरिका पुग्ला कि नेदरल्यान्ड?



पहिलोपोस्ट

विश्वकप फुटबल : नकआउट चरणको खेल आजबाट, क्वाटर फाइनलमा अमेरिका पुग्ला कि नेदरल्यान्ड?
फोटो : khelnow.com

विश्वकप फुटबलमा यसपटकको नकआउट चरण आज रातिबाट शुरु हुँदैछ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार पौने ९ बजे तीन पटक रनर अप बनेको नेदरल्यान्ड र अमेरिकाबीच खेल शुरु भएसँगै नकआउट चरण शुरु हुनेछ।

नेदरल्यान्ड र अमेरिकाको यो छैटौं भिडन्त हो। यसअघिको पाँच भेटमा चार पटक त नेदरल्यान्डले जित आफ्नो पोल्टामा पारेको थियो।

अमेरिका यो चाहन्छ कि २०१५ को जुनमा जस्तै जित आफ्नो पक्षमा होस्। दुबै टोली बलियो भएकोले पनि खेल रोमाञ्चक हुने बताइन्छ। नकआउट चरण भएकोले पनि यो जित्नैपर्ने दबावमा छ दुबै टिमलाई। दुई टिममध्ये क्वाटर फाइनलको यात्रा कुन चाहिले गर्ला त? यसका लागि त पौने ९ पछिको ९० मिनेट खेल हेर्नैपर्ने हुन्छ। यद्यपि दुई देशको विगत र अहिलेका खेलाडीको प्रस्तुति हेर्दा कतिपयले नेदरल्यान्ड बलियो टिम भएको दाबी गरेका छन्।

अलजजिराले त कसेफ नामको एआई रोबोटलाई उद्धृत गर्दै नेदरल्यान्डको जित हुन सक्ने भविष्यवाणी गरेको छ। उसले क्वाटरफाइनलमा नेदरल्यान्डको भेट अर्जेन्टिनासँग हुनेसमेत दाबी गरेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell