PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का



पहिलोपोस्ट

मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का

काठमाडौं : स्याङ्जा २ मा मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का भएको छ। करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्।

पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मतमात्र पाएकी छिन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ८६८ मत पाएका छन्।

अब चापाकोटको वडा ९ र १० को ३ हजार १९९ मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell