PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै



पहिलोपोस्ट

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन आयोगले मतगणनाको निर्देशन दिएसँगै बिहीबारदेखि गणना सुरु भएको थियो।

अन्तिम परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत पाएका छन्। यस्तै, अर्यालले २५ हजार ८३९ मत पाएकी छिन्। गुरुङले ५ हजार ६२७ मतान्तरले जित हासिल गरेका हुन्। 

योसँगै प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६३ क्षेत्रको परिणाम आइसकेको छ। अब बाजुरा र दोलखाको नतिजा आउन बाँकी छ। बाजुरामा कांग्रेसकै बद्री पाण्डेले अग्रता लिएका छन्। दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell