PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

नेदरल्यान्डस् विश्वकपको क्वाटरफाइनलमा, अमेरिका पराजित



पहिलोपोस्ट

नेदरल्यान्डस् विश्वकपको क्वाटरफाइनलमा, अमेरिका पराजित

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्डस् विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको पहिलो खेलमा अमेरिकामाथि ३–१ गोलअन्तरले विजयी हुँदै नेदरल्यान्डसले अन्तिम आठमा स्थान बनाएको हो। पहिलो हाफमा दुई गोल गरेको नेदरल्यान्डस्ले दोस्रो हाफमा एक गोल थपेको थियो। 

कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए।

यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

खेलको ७६औँ मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त भएन। तर त्यसको पाँच मिनेटमै नेदरल्यान्डस्ले गोल थप्दै जित सुनिश्चित गर्‍यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell