PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

दोलखामा एमालेका शिवकोटीले लिए अग्रता, प्रदेशमा पछि परे कांग्रेस जिल्ला सभापति



पहिलोपोस्ट

दोलखामा एमालेका शिवकोटीले लिए अग्रता, प्रदेशमा पछि परे कांग्रेस जिल्ला सभापति

चरिकोट : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ। हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले  १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ। प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell